PRABHU BANK

मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष रेग्मीको निधनमा शोक सभा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालयमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरू लगायत केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा बैंक स्थापना तथा वृद्धिको लागि भएको योगदानको चर्चा भएको थियो । 

संस्थापक अध्यक्ष रेग्मीको मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्जामै निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचार गराइरहेका थिए । वि.सं.२००६ साल साउन १५ गते भीरकोट नगरपालिका वडा नं.-७ स्याङ्जामा पिता देविप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मेका रेग्मी करिव २३ वर्ष शिक्षण पेशा पनि गरेका थिए ।

अनेकौँ चुनौतीहरूको सामना गर्दै आएका संस्थापक अध्यक्ष रेग्मीको निधनमा मुक्तिनाथ विकास बैंक परिवारले उनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन तथा आफन्तहरूमा समवेदना व्यक्त गरेको छ ।   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै