prabhu

कर्जाको आकार र डिफल्ट दरका आधारमा अघि बढ्यो बैंकहरूको अडिट प्रक्रिया

काठमाडौँ । अन्तर्राष्ट्रिय अडिट फर्ममार्फत कर्जामा केन्द्रीत भई नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको लेखापरीक्षण गराउने प्रक्रिया अघि बढाएको छ । कर्जाको आकार र डिफल्ट रेटका आधारमा केन्द्रिय बैंकले लेखापरीक्षण गर्ने प्रक्रियाका लागि अन्तर्राष्ट्रिय अडिटर छनोट प्रक्रिया अघिबढाएको हो ।  

मंगलबार अन्तर्राष्ट्रिय बोलकबोल मार्फत आह्वान गरेको अडिट फर्म छनोटका लागि सर्टलिस्ट गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकले आवेदकहरू मध्येबाट तोकिएको मापदण्ड पुरा गरेका ५ अन्तर्राष्ट्रिय अडिट फर्मलाई सर्टलिस्ट गरेको हो ।  

सर्टलिस्टमा परेका अडिटफर्ममा जर्मनी, नेदरल्यान्डका फर्महरू तथा तीसँग सम्बन्धन लिएका भारतीय तथा पाकिस्तानी फर्महरू रहेका छन् । कर्जाको आकार र डिफल्ट रेटलाई आधार बनाई पूर्ण लेखापरीक्षण गराउने प्रक्रिया अघि बढाएको केन्द्रीय बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारी कर्जा सुविधा दिनका लागि सञ्चालनमा रहेका वाणिज्य बैंकको सम्पत्तिको गुणस्तरको लेखापरीक्षण गर्नु पर्ने शर्त राखेको थियो भने सोहि शर्त अनुसार केन्द्रीय बैंकले कर्जामा केन्द्रित भएर पूर्ण लेखापरीक्षण गर्न तयार भएको हो । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै