काठमाडौं । आज होलिडे काउन्टर बाहेक बैंक तथा वित्तीय संस्थाहरू बन्द हुने भएका छन् । कतारका राजा अमिर नेपालको राजकीय भ्रमणमा आउने भएकाले आज बैंकहरू बन्द हुने भएका हुन् ।
आज बैंक- वित्तीय संस्था लगायत सार्वजनिक कार्यालयहरू पनि बन्द हुनेछन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार कतारका राजा अमिर पहिलो पटक नेपाल आउन लागेका हुन् ।
सोहि अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले आज होलिडे काउन्टर बाहेक बैंकहरू बन्द हुने भएका हुन् ।