PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांस वितरण गर्ने

century commercial bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
२०७८ पौष २ गते बसेकोे बैंकको सञ्चालक समितिको ३५२औं बैठकले चुक्तापूँजीको ६.०५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।
बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मा ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै