PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बन्जी नेपाल एडभेन्चरमा बन्जी गर्दा छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बन्जी नेपाल एडभेन्चरमा बन्जी गर्दा छुट पाउने भएका छन् । बैंक र  रातोपैरो-१७ स्थित बन्जी नेपाल एडभेन्चरबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरूले बन्जी गर्दा छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले मोबाइल बैंकिङ तथा भिसा डेबिट कार्ड प्रयोग गरेर बन्जी नेपाल एडभेन्चरमा बन्जी गर्दा एकलले १ हजार रुपैयाँ र जोडीले १५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यो अवसरको फाइदा बैंकका कर्मचारी र ग्राहकहरूले लिन सक्नेछन् । 

सो सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल एडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै