PRABHU BANK

‘सुपरिवेक्षण हुन्छ भन्दैमा बैंकहरु नढल्ने भन्ने हुँदैन, तर नेपालमा बैंकहरु सुरक्षित छन्’ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुपरिवेक्षण हुन्छ भन्दैमा बैंकहरु नढल्ने भन्ने नहुने बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सुपरिवेक्षण हुँदैमा बैंकहरु बिग्रीदैनन्, ढल्दैनन् भन्ने हुँदैन ।’ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने, ‘अमेरिकामा कतिपय बैंक ढलेका छन्, नढल्ने भन्ने हुँदैन । तर, बाणिज्य बैंकहरुमा बचतकर्ताले राखेको रकम सुरक्षण गर्ने काम रेगुलेटरले गर्छ ।’

१०० रुपैयाँ डिपोजिटमध्ये बैंकको २९ रुपैयाँ क्यासवा ‘नियर क्यास’ रहेको बताउँदै उनले बैंकहरु सुरक्षित रहेको दाबी गरेका छन् । उनले बैंकहरुले पालना गर्नुपर्ने नियमहरु कडा भएकाले नेपालमा तत्काल बैंक ढल्ने स्थिति नरहेको स्पष्ट पारेका हुन् ।

सो कार्यक्रममा उनले बैंकिङ क्षेत्रको स्थितिसँगै समग्र अर्थतन्त्रका बारेमा पनि आफ्नो धारणा व्यक्त गरेका छन् । हेर्नुहोस् सो कार्यक्रमको पूरा अंश :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै