Muktinath Bikas Bank

Action Year
2080
Action Reason
विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क उठाएर ग्राहक संरक्षण कोषमा जम्मा गरेको रकम कम्पनी ऐनको दफा ६३, ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७७ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत प्रयोग गर्ने निर्णय गरेको । उक्त रकम ऋणी ग्राहक समुदायको सामूहिक हित नहुने अन्य प्रयोजनमा खर्च गरेको । पछि रकम फिर्ता गरे पनि सो विषयमा सावधानीपूर्वक जानकारी नगराएको, र ग्राहक संरक्षण कोषको प्रयोगसम्बन्धी निर्णयले वित्तीय संस्थाका निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीत असर पर्ने देखिएको ।
Action/Penalty Details
सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको।