Kumari Bank

Action Year
2080
Action Reason
एकीकृत निर्देशन, २०८१ बमोजिम कर्जा जोखिम वर्गीकरण नगरेको। कर्जा जोखिम भार (Risk Weight) सम्बन्धी व्यवस्था पालना नगरेको। Capital Adequacy Framework, 2015 अनुसार जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) गणना गर्दा वास्तविकभन्दा कम जोखिम भार गणना गरेको। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको। बैंकले जारी गरेको प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा सुविधासम्बन्धी मार्गदर्शन विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतसँग सम्झौता गरी कार्यसम्पादन नगरेको १३ महिनापछि पनि रु. २ करोड ३ लाख पारिश्रमिक तथा सुविधा भुक्तानी गर्ने निर्णय गरेको। उक्त रकम असुलउपर गर्न निर्देशन दिइए पनि हालसम्म असुल नभएको।
Action/Penalty Details
सञ्चालक समितिलाई सचेत गराइएको। प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको। अनियमित रूपमा भुक्तानी गरिएको रकम असुलउपर गर्न सञ्चालक समितिलाई निर्देशन दिइएको।