PRABHU BANK

नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता

काठमाडौँ । नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको छ । उक्त कम्पनीहरुबीच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी बिहीबार सम्झौता भएको हो ।

गण्डकी ट्याक्सी व्यवसायसँग आवद्ध भएका व्यवसायीहरुले प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक-वित्त तथा अन्य गेट-वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न सक्नेछन् । साथै, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आवद्ध गराउने सम्झौता सम्पन्न भएको हो ।

त्यस्तै, अब सेवाग्राहीले क्युआरमार्फत् सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको छ ।  यसैगरी ट्याक्सी चालक प्रालिसँग आवद्ध १ सय ५० ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनामुलक सामग्रीहरु उपलब्ध गराईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै