PRABHU BANK

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको साधारणसभा शुक्रबार हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

BPW LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । संसथाको तेस्रो वार्षिक साधारणसभा शुक्रबार पुस ३० गते हुने भएको हो । कम्पनीले उक्त सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे हुने भएको छ ।
उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यस्तै अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै