DISH HOME

नेपाल बङ्गलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डे

nepal bangladesh bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत दिएको छ।
बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेका बैंकले जनाएको छ । पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै