PRABHU BANK

कुमारी बैंकले कमायो ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा

kumari bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा २१.७७% थोरै हो । गत वर्षको यसै अवधिमा यसले १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यता बैंकको वितरणयोग्य नाफा पनि ७८.३०% ले घटेर १३ करोड ८३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसको बिवितरणयोग्य नाफा ६३ करोड ७३ लाख रुपैयाँ रहेको थियो । 
बैंकका अनुसार खुद ब्याज आम्दानी भने ५.०३% ले बढेको छ । सञ्चालन नाफा २१.३५% ले घटेको छ भने निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ९.५९% र १३.१०% ले बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै