PRABHU BANK

४१.६१ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुद नाफा, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा

citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ४१.६१% ले बढेर १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने बैंकले ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ४८.०६% र सञ्चालन नाफा ४५.९३% ले बढेको छ । बैंकको वित्तीय विवरण अनुसार चुक्ता पूँजी १४ अर्ब माथि पुगेको छ भने रिजर्भ कोषमा ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ जम्मा भएको छ ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी ३८ पैसाले घटेर १७ रुपैयाँ ४५ पैसा रहेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने १३८ रुपैयाँ ४८ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै