PRABHU BANK

ज्योति लाइफको इन्स्योरेन्सको वार्षिक साधारणसभा फागुन ११ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

jyoti life insurance
  • बैंकिङ संसार
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभा फागुन ११ गते हुने भएको हो ।
कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यस्तै आर्थिक वर्ष २०७६र७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै