National

निरन्तर कर्मचारीहरुको क्षमताअभिबृद्धि गर्दै मिर्मिरे लघुवित्त

mirmire-laghubitta-bittiya-sanstha
  • बैंकिङ संसार
बनेपा । बनेपा प्रधानकार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश मातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई कलैया स्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवद्र्धन तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । संस्थाको मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
संस्थाका प्रमुखकार्यकारी अधिकृत पुष्कर राज जोशी र कजाृ विभाग प्रमुख राजेश श्रेष्ठले सहभागिहरुलाई सहजिकरण गरेको हो । तालिममा कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धनका सिकाईहरु, लघुवित्तको मुलमर्म, कर्जा विश्लेषण र जोखिम व्यवस्थापन, गुणस्तरीय धितो कर्जा लगानी प्रक्रियालगायतका सिकाईहरु गरिएको हो ।
आर्थिक वर्षको सुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गर्दै आएको संस्थाले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप प्रादेशिक संरचनामासमेत कार्य थालनी गरिसकेको छ । संस्थाले त्रैमासिक रिपोर्टको समिक्षा गर्दै कर्मचारीहरुसंग साक्षात्कारसहित समस्याहरुको सुनवाई को लागि यस्तो कार्यक्रमहरु गरिएको र निरन्तर वेबिनारमार्फत पनि कार्यक्रमहरु भइरहेको संस्थाका प्रमुखकार्यकारी अधिकृत पुष्कर राजबोहराले बताए ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै