PRABHU BANK

विजय लघुवित्तको नाफा ६.११% ले घट्यो, अन्य सुचकको अवस्था कस्तो ?

vijaya laghubitta
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्तको नाफा ६.११% ले घटेर ६ करोड ८४ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढे पनि गैर सञ्चालन आम्दानी घट्दा खुद नाफा सामान्य प्रभावित भएको हो ।
यता, १३ लाख ८४ हजार रुपैयाँ नाफामा रहेको गैर सञ्चालन आम्दानी यो वर्ष २३ हजार रुपैयाँ ऋणात्मक छ । खराब कर्जा १.४२% ले बढेर ४.६३% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ १३ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै