काठमाडौं – माछापुच्छ्रे बैंकले पनि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन लागेको हो ।
माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटल लिमिटेड बीच १०.२५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर – २०८५ ऋणपत्र निष्कासनको लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।