PRABHU BANK

ग्लोबल आइएमई बैंकले सुरु गर्यो भीकेवाईसी सेवा, केवाईसी फारम भर्न बैंक धाइराख्नुनपर्ने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
बैंकमा नयाँ खाता खोल्ने लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुन्छ भन्ने विश्वास लिएको छ । भीकेवाईसी सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवा मार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
देशका सतहत्तरै जिल्लामा २ सय ८९ शाखा,२ सय ७० एटीएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको दाबी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै