prabhu

माछापूच्छ्रे बैंकले गर्यो धनगढीको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग !

 machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौं – माछापूच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई सहयोगस्वरुप १ लाख ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि सो रकम बराबरको चेक धनगढी उप–महानगरपालिका का मेयर नृप बहादुर वड तथा कार्यकारी प्रमुख नारायण प्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
गत जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडौंको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै