PRABHU BANK

जनता बैंक, ग्लोबल आइएमई बैंक र कैलाश विकास बैंकको शेयर कारोबार रोक्का, एकीकृत कारोबार पछि खुल्ने !

 merger
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको आजदेखि शेयर कारोबार रोक्का भएको छ । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि यी बैंकहरुको आइतबारदेखि कारोबार रोक्का भएको हो ।
शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्झौता भएको थियो । त्यस्तै सोही दिन प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो ।
शेयर कारोबार रोक्का भएको यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा शेयर कारोबार खुला हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै