prabhu

सिद्धार्थ बैक र यूकेएडबीच सम्झौता, साना तथा लघु उद्यमीलाई प्रवद्र्धन गर्ने उदेश्य !

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं – लघु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिद्धार्थ बैक र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ बिच शुक्रबार राजधानीमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता गर्ने क्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र सक्षम टोलीका प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो । सो कार्यक्रमलाई नेपाल सरकार र संयुक्त अधिराज्य बिचको सम्झौतको एक हिस्साको रुपमा लिन सकिन्छ । नेपालमा स्थानिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा डिएफआईडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको पाईन्छ ।
वि.सं. २०५९ मा स्थापित बैकले ग्राहलाई बैकिङ् सेवा प्रदान गर्दै आएको छ । बैकले हाल १ सय १९ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरिरहेको छ । यस्तै, १ सय ७ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । मुलक भरी बैकका १ सय ५६ शाखा, सय शाखा रहित बैकिङ् सेवा १७२ एटिएम तथा १४ सय ५० भन्दाबढी बिक्री बिन्दु रहेका छन् । ‘सम्बन्ध सधैं भरीलाई’ भन्ने बैकको मूल नारा रहेको पाईन्छ ।
सोही कार्यक्रमको अवसरमा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सिईओ शम्भुनाथ गौतमले भने–‘हामीले पहिले देखी नै मझौला क्षेत्रमा काम गर्ने उदेश्य बोकेर हिडेका थियौ, सो उदेश्यले अब पूर्णता पाउँने बेला आएको छ ।’ नेपालमा कृषी पछाडीको अधिकांश हिस्सा साना तथा मझौला उद्योगमा रहेकाले यसमा समेत विकासको क्षमता रहेको उनले बताए । यस्तै, पहिले शाखा बिस्तारमा ध्यान केन्दीत गर्दै आएको सिद्धार्थ बैकले अबको दिनमा भने सेवा तथा व्यापारमा बिस्तारमा समेत जोड दिने कार्यक्रममा बताइएको छ । सक्षम टोलीका प्रमुख निर्मल दाहालले भने(‘नेपालमा हामीले ग्रामीण क्षेत्रमा काम गर्ने उदेश्य राखेका छौँ, सो उदेश्यकालागी प्राविधिक विकासलाई जोड दिने छौँ ।’ सोही कार्यक्रममा प्राईभेट सेक्टर डेभलपमेण्ट एडभाईजर डिएफआईडीका रवि रायमाझी र एसएमई प्रमुख अर्जुनभद्र खनाल लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै