PRABHU BANK

कुमारी बैंक र सारथी प्राइभेट लिमिटेडबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु !

 kumari-bank
  • बैंकिङ संसार 
काठमाडौंं – कुमारी बैंक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । सम्झौता–पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् । सोही सहकार्य पश्चात कुमारी बैंकले पुनः अत्याधुनिक मन्चबाट ब्रान्डिङ तथा प्राचारिक नवीकरणमा केन्द्रित भएको संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै