PRABHU BANK

माछापुच्छ्रे बैंकले गर्यो ह्याम्स अस्पताल र सुमेरु अस्पतालसँग सम्झौता, बैंकका ग्राहकले १० प्रतिशत सम्म छुट पाउने

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौं – माछापुच्छ्रे बैंकले दुई अस्पातालसँग सम्झौता गरेको छ । बैंकले काठमाण्डौँको धुम्बाराहिस्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०५ सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड लिएका ग्राहक महानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्ने छन् ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्न प्रकारका सेवा उपभोगमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै आएको छ । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै