prabhu

एटिएम ह्याक गरी रकम चोर्ने ५ जना चिनियाँ नागरिक पक्राउ !

atm
  • बैंकिङ संसार 
काठमाडौँ । नेपालका एटीएम ह्याक गरी रकम चोर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शनिबार मध्यरातमा दरबारमार्गस्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् भने उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।

चिनियाँ ह्याकरले बैंकको एटिएमबाट पैसा लुटेको खबर पुष्टि भएपछि नेपाल राष्ट्र बैंकको आकस्मिक बैठक बसेको थियो । बैंकहरुलाई हाइ अलर्टमा बस्न आकस्मिक निर्देशन दिने निर्णय गरेको छ ।  

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै