prabhu

रामेछापको मान्थलीमा सनराइज बैंकको १२२औं शाखा संचालनमा, १ सय २२ स्थानमा पुग्यो शाखा सञ्जाल !

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले मान्थलीमा १२२औं शाखा संचालनमा ल्याएको छ । विहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।
सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा एटिएमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरुमा संचालन गर्ने योजना रहेको जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै