आज सार्वजनिक बिदा, बैंकिङ सेवा खुला हुने ! (सूचनासहित)

काठमाडौँ। आज भदौ १९ गते सार्वजनिक बिदा परेको छ। तर, बिदामा पनि बैंकहरू भने संचालनमा रहने भएका छन्।

रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि आवश्यक वित्तीय कारोबार सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।

बैंकहरूले पनि एक सूचना जारी गर्दै आफ्ना शाखा कार्यालयहरू खुला राख्ने जनाएका छन्। बैंकहरूले जारी गरेको सूचना हेर्नुहोस्:

bank open notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्