PRABHU BANK

सानिमा बैंकद्वारा १५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

 sanima bank
  • बैंकिङ संसार 
काठमाडौं । सानिमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५औं वार्षिकोत्सवको अवसरमा नक्सालमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै