prabhu

सिद्धार्थ बैंकले १७औं वार्षिकोत्सवको अवसरमा विशेष छुट दिँदै, आजैदेखि लागु हुने !

siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । पुस ९ गते रहेको १७औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी उक्त योजना ल्याएको हो । उक्त छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५०० रुपैयाँ) छुट, पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० रुपैयाँ क्यास ब्याक, पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ रुपैयाँ क्यास ब्याक, एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारको पीओएस मेसिनमार्फत् कारोबार गर्दा एक हजार रुपैयाँ क्यास ब्याक र बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५०० रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याकसुविधाहरु पाउने छन् । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै