हिमालयन लघुवित्तमा काम गर्ने अवसर, फिल्ड सहायक पदमा ३३ जना प्रशिक्षार्थी माग, दिने होइन त आवेदन ? (सूचनासहित)

काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। संस्थाले फिल्ड सहायक पदमा ३३ जना प्रशिक्षार्थी कर्मचारी माग गरेको हो।

आवेदकले न्यूनतम एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, मोटरसाइकल वा स्कुटर चलाउन सक्ने तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित http://himalayanlaghubitta.rigojobs.com मा गई अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन साउन २३ गतेभित्र दिन सकिनेछ। संस्थाले तलब, सेवा-सुविधा तथा अन्य व्यवस्था संस्थाको नियमअनुसार हुने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्