राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबिच बुधबार सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) विनय रमण पौडेलले एक समारोहकाबिच ३७ औं वार्षिकोत्सवको समुद्घाटन गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनलाई सम्बोधन गर्न र सेवा प्रवाहलाई सरल र सहज बनाउन आम कर्मचारीलाई आह्वान गरे ।

कार्यक्रममा बैंकका डिसीईओ पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सल्लाहकार समितिका सभापति तथा पूर्व अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सुदिन के।सि, नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका कार्यवाहक अध्यक्ष चूडामणि गुप्ताले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पेसागत हकहित, संस्थाको संवर्द्धन तथा सेवा प्रबाहलाई सहज र सरल बनाउने विषयमा व्यापक रूपमा विषयहरू उठान गरिएको थियो । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । गत साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीहरूले रक्तदान गरे र स्वास्थ्य शिविर तथा आँखा कान चेपहप कार्यक्रममा ३०० जना कर्मचारीहरूले सेवा लिएका थिए । कार्यक्रममा लुम्बिनी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्याङ्कनमा उष्कृष्ठ भएवापत रनिङ्गशिल्ड प्रदान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा संघले संस्थाको संवर्द्धन र पेशागत हकहितका लागि ६८ युनियनको भूमिका विषयमा कर्मचारीहरु बीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय र लक्ष्मण पौडेल तृतीय भएको थियो । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कर्मचारी संघ नेपालका महासचिव ऋषिराम ज्ञवालीले सञ्चालन गरे उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कविराज बरालले स्वागत मन्तव्य व्यक्त गरेका हुन् । कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठान स्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकका प्रमुख कार्यकारी अधिकृतहरू नायब प्रमुख कार्यकारी अधिकृतहरू, उप कार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरू, उपप्रमुख, शाखा प्रबन्धकहरू, संघका पदाधिकारीहरू लगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्