National

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र साउन १९ गतेदेखि आउँदै, कति पाइन्छ ब्याज ?

 Prabhu Bank
  • बैंकिङ संसार 
काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि २० लाख कित्ता ऋणपत्र बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य २ अर्व रुपैयाँ बराबरको ऋणपत्र निस्काशन गर्न लागेको हो । बैंकको २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्रमा व्यक्तिले र ८० करोड बराबरको ८ लाख कित्ता ऋणपत्रमा सामुहिक लगानी कोषहरुले आवेदन दिन पाउने  छन् । 
बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट बैंकिंगले गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । बैंकले ८ बर्षे अवधिको  ‘प्रभु बैंक डिबेन्चर २०८४’ बिक्रि खुल्ला गर्न लागेको हो । उक्त ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक ३/३ महिनामा ब्याज दिनेछ । 
लगानीकर्ताहरुले न्युनतम २५ कित्ता र अधिकतममा ३ लाखसम्म ऋणपत्रको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन पाउने छ । उक्त समयमा बिक्रि नभएको खण्डमा भदौ १ गते सम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै