PRABHU BANK

ज्योति विकास बैंकले गर्‍यो राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता, बैंकले आफ्नो कोषमार्फत आर्थिक सहयोग गर्ने

 Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । बैंकले संस्थाको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सहयोग गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो । बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा आविष्कार केन्द्रलाई न्यानो नानी बेबी वार्मर सम्बन्धी परियोजनामा सहयोग गर्ने गरि सम्झौता गरेको हो । 
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने हाम्रो विकास प्रवर्धन कोष मार्फत ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा.महावीर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकले १ सय ५ वटा शाखा कार्यालय, ६१ वटा एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै, बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ । यसैगरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्व रुपैयाँ लगानी गर्न सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै