PRABHU BANK

माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता, ट्याक्सीका सेवाग्राहीहरुलाई भाडा भुक्तानमा सहज

 Machhapuchchhre Bank
  • बैंकिङ संसार 
काठमाडौं । माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता भएको छ । विद्युतिय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्ने उद्देश्यका साथ उक्त सम्झौता भएको हो । माछापुच्छ्रे बैंकका तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सका तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
इजि ट्याक्सी नेपाल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड –१९ को संक्रमणको जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई विद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि पनि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो । 
अब इजि ट्याक्सीका सेवाग्राहीहरुले भाडा रकम भुक्तान गर्नुपरेमा माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । इजि ट्याक्सी अन्तर्गत करिब ५ हजार ट्याक्सीहरु संचालनमा रहेका छन् । जुनसुकै बैंकको मोवाइल बैंकिङ एपको माध्यमबाट क्यूआर कोड स्क्यान गरी ट्याक्सीको भाडा भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै