National

एभरेष्ट बैंकले ल्यायो आफ्ना ग्राहकहरुको लागि ‘एसएमई लोन’ कर्जा योजना

 Everest Bank
  • बैंकिङ संसार 
काठमाडौं । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुको लागि ‘एसएमई लोन’ कर्जा योजना ल्याएको छ । बैंकले उक्त कर्जा योजना ७.६८ प्रतिशत व्यजदरमा आफ्ना ग्राहकहरुको लागि ल्याएको हो । साना तथा मझौला उद्योगहरु देशको आर्थिक र सामाजिक विकासको लागि महत्वपूर्ण भएको हुँदा न्यूनतम व्याजदरमा एसएमई लोन योजना ल्याइएको बैंकले जनाएको छ ।
बैंकले यस योजना अन्तर्गत ५ करोड रुपियाँसम्म कर्जा उपलब्ध गराउने भएको छ भने उक्त कर्जा ५ दिनभित्र स्वीकृत हुनेछ । यस कर्जाभित्र सहज मासिक किस्ताबन्दी वा ओभरड्राफ्ट कर्जा, निःशुल्क एसएमएस अलर्ट सुविधा र निःशुल्क ई–स्टेटमेन्ट सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । त्यस्तै, बैंकले होम लोनको व्याज दर पनि घटाएको छ । बैंकले ८.२५ प्रतिशत रहेको होम लोनको व्याजदर घटाएर ७.६८ प्रतिशतमा कायम गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै