National

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीस्तरिय बैठकको निर्णयबाट कोइरालालाई बैंकको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका हालका अध्यक्ष निर्मलहरि अधिकारी राजश्व बोर्डमा सरुवा भएर गएपछि बैंकको अध्यक्ष पद खाली थियो । सोही पदमा कोइरालालाई नियुक्त गरिएको हो । 
उपेन्द्रकुमार कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी समेत हुन् । उनले यसअघि नेपाल आयल निगमको कार्यकारी अध्यक्षमा पनि कार्य गरी सेकेका छन् । त्यस्तै, उनले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा र मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपतिमा समेत नियुक्त भएर कार्य गरी सकेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै