National

सिद्धार्थ बैंकले ऋणपत्र जारी गर्दै, ऋणपत्रले पायो ‘इक्रा एनपी एलए’ रेटिङ

 Siddhartha Bank
  • बैंकिङ संसार 
काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले निष्कासन गर्न लागेका उक्त ऋणपत्रले ‘इक्रा एनपी एलए’ रेटिङ पाएको छ । बैंकलाई उक्त रेटिङ इक्रा नेपालले प्रदान गरेको हो । उक्त रेटिङले कम्पनीको अधारभुत पक्ष न्यून जोखिम रहेको देखाउँछ ।
बैंकले ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । ७ वर्ष अवधिको लागि निष्कासन गर्न लागेको ऋणपत्र श्रावण १८ गते सेबोनमा निवेदन पेश गरेको थियो । बैंकले जारी गर्न लागेको ३० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणका लागि १२ लाख कित्ता छुट्टयाएको छ भने बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । उक्त ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत तोकिएको छ । बैंकको बिक्री प्रबन्धकमा एनएमबि क्यपिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime