National

नेपाल बैंक लिमिटेडले मंगलबार आफ्ना ग्राहकहरुलाई १ सय ५४ वटा शाखामार्फत सेवा दिदैँ (सूचीसहित)

 Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले निषेधाज्ञाको अवधिमा पनि आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 
नेपाल बैंक लिमिटेडले १ सय ५४ वटा बैंकको शाखाहरुमार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले प्रदेश न.१ मा ३१ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । । त्यसैगरी प्रदेश न. २ मा २५ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट ३१ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । 
त्यस्तै, गण्डकी प्रदेशमा २१ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न. ५ मा ३० वटा बैंक शाखाबाट सेवा दिने भएको छ भने कर्णाली प्रदेशमाबाट ९ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमाबाट ७ वटा बैंकको शाखामार्फत सेवा दिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै