National

स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले यसपटक लाभांश नपाउने

Swadeshi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले यसपटक लाभांश नपाउने भएका छन् । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ ।
साधारण सभा र नियामक राष्ट्र बैंक समक्ष पेस गरिने निर्णय भएको पनि कम्पनीले जनाएको छ । स्वदेशी लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्त विलय हुने तयारीमा छन् । दुवै संस्था मर्ज गर्न सहमति पत्रमा हस्ताक्षर समेत भइसकेको छ । मर्जर सम्झौतासँगै एनआइसी एसिया र स्वेदशी लघुवित्तको साउन ३२ गतेबाट नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार रोक्का गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै