National

नारायणी डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभाको मिति तय

 Narayani Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । बैंकको भदौ २५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । उक्त निर्णयअनुसार २०७७ साल असोज १६ गते शुक्रबार स्टार व्याङक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजे साधारण सभा हुने भएको छ । 
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यसैगरी बैंकको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वितीय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । यसैगरी सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि असोज ८ गतेदेखि १६ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिने बैंकले जनाएको छ ।
असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भइ प्रचलित कानुन बमोजिम बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन योग्य रहनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै