PRABHU BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

 National Microfinance
  • बैंकिङ संसार 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले सेयरधनीहरुका लागि १ लाख १० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने भएको हो । सेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँ तोकिएको छ । 
सेयर खरिद गर्न इच्छुक संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २ गतेबाट कार्तिक ६ गतेसम्म एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । 
लघुवित्तले शुक्रबार एक सूचना जारी गर्दै प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद लाग्ने छैन । 
तर सेयर खरिद गर्न आवेदन गरेको कुल सेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न पाउने भनि तोकेको अधिकतम संख्या भन्दा बढी नहुने गरि आवेदन पेश गर्नुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै