- बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटिजिएस) मार्फत कारोबार अब दैनिक २ बजेसम्म संचालन हुने भएको छ । बैंकको शुक्रबार हुने कारोबार पनि २ बजेसम्म नै संचालन हुने भएको छ ।
बैंकले शुक्रबार भदौ २६ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै बैंकले अर्को सूचना जारी नभएसम्मका लागि यो सुचना लागु हुने पनि जनाएको छ ।
साताका सबै कारोबार दिनहरुमा आरटिजिएस प्रणालीमा संक्षिप्त बिजनेस डे (शुक्रबार) संचालन गरी मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्टलाई दिउसो २ बजेसम्म कायम गरी सहभागि संस्थाहरुले कारोबार गर्न सक्ने व्यवस्था बैंकले मिलाएको छ ।