PRABHU BANK

नेपाल बैंक र चाङ्गुनारायण नगरपालिकाबीच सम्झौता, विद्यार्थीहरुको भविष्य उज्जवल बनाउने उद्देश्य

 Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक र चाङ्गुनारायण नगरपालिकाबीच सम्झौता भएको छ । बैंकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने गरी उक्त सम्झौता भएको हो । बैंक र नगरपालिकाबीच उक्त सम्झौता गत भदौ २५ गते बिहिबार भएको हो । 
बैंकले स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम व्याजजदर प्रदान गर्ने भएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत बैंकसँग हालै भएको सम्झौतामा उक्त खातामा नगरपालिकाले प्रत्येक वर्ष ४ हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । 
उक्त सम्झौतापछि बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने/झिक्नेलगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । त्यस्तै नगरपालिकाको सिफारिसमा खोलिएका खातामा तीन लाख रुपैयाँसम्मको निक्षेप बीमासमेत गरिने भएको छ । यस प्रकारका खातामा बालिका आफैंले वा उनीहरुका अभिभावकले समेत रकम जम्मा गरिदिन सक्नेछन् । 
यस कार्यक्रमबाट छात्राको शिक्षामा पहुँच अभिवृद्धि गर्न, उनीहरु अध्ययनका क्रममा बीचमा विद्यालय छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, बालविवाह निरुत्साहन गर्न, छोरीको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सो रकम छात्राले १२ कक्षा उत्तीर्ण गरेपछि मात्र झिक्न पाउनेछन् । 
बैंकले देशभर १ सय ८९ शाखा, १ सय २५ एटिएम र २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै