National

नेपाल बंगलादेश बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक

 Nepal Banglades Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले एक सूचना जारी गर्दै विभिन्न खातामा मंगलबार भदौ ३० गतेदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको बचत खातामध्ये २ प्रकारको बचत खातामा ३.५० प्रतिशत व्याजदर तोकेको छ भने ३ प्रकारको बचत खातामा ४ प्रतिशत व्याजदर तोको छ । त्यस्तै ५ प्रकारको बचत खातामा ४.५० प्रतिशत व्याजदर कायम गरेको छ भने ३ प्रकारको बचत खातामा ५ प्रतिशत व्याजदर कायम गरेको छ । 
यता बैंकले मुद्दति निक्षेपमा ३ महिना भन्दा माथिमा लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । यसैगरी १ वर्ष भन्दा माथिका लागि व्यक्तिगततर्फ ८.२५ प्रतिशत व्याजदर तोकेको छ । बैंकले ६ महिना भन्दा माथिका लागि संस्थागततर्फ ७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै