PRABHU BANK

सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Civil Bank
  • बैंकिङ संसार
रौतहट । सिभिल बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रौतहट शाखामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई हाल आईसोलेसनमा राखिएको छ । 
त्यस्तै संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । बैंकका कर्मचारीहरुमा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । यसरी दिन प्रतिदिन बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै