National

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ व्याजदर प्रकाशित, हेर्नुहोस् कुन खातामा कति पाईन्छ व्याज ?

Sangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले २१ प्रकारको बचत खाताको व्याजदर प्रकाशित गरेको हो ।
बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर प्रकाशित गरेको हो । बैंकले प्रकाशित गरेको नयाँ व्याजदरमा न्युनतम ३.५ प्रतिशत देखि अधिकतम ५.५ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनासम्मका लागि ७.५० प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै ३ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकिएको छ । यसैगरी बैंकले १ वर्षदेखि २ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत व्याजदर कायम गरेको छ । 
त्यस्तै २ वर्षदेखि ५ वर्षसम्मका लागि व्यक्तिगततर्फ ९.७५ प्रतिशत र संस्थागततर्फ ९.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले ५ वर्ष भन्दा माथिका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ९.७५ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको आधार दर भने ९.९९ प्रतिशत रहेको छ । 
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime