PRABHU BANK

प्रभु बैंकद्धारा सहयात्रा समृद्धि कर्जा योजनाको सुरुवात, व्यवसायमा सहयोग पुर्याउने लक्ष्य

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले सहयात्रा कर्जा योजनाको सुरुवात गरेको छ । बैंकले नेपाल राष्ट्र बैंक सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल सँगको सहकार्यमा सुरुवात गरेको हो । 
कोभिड-१९ को कारणले प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षीत बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलन उद्यमीहरूको विद्यमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्नको लागि उक्त योजनाको सुरुवात गरेको हो । यस्तै यस माहामारीमा उनीहरूका पेशा, उद्यम र व्यवसायहरूलाई पुन सुचारू गर्न सहयोग पुर्याउने लक्ष्यका साथ कर्जा योजनाको सुरुवात गरेको बैंकले जनाएको छ । 
बैंकले प्रथम चरणमा काठमाडौं उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरूलाई अधिकतम १ लाख रूपैयाँ र विद्यालय शिक्षकहरूलाई अधिकतम ४ लाख रूपैयाँ बराबरको कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने भएको छ । यस कर्जा योजना शुभारम्भको अवसरमा बैंकले बुधबार काठमाडौं उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकहरूलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
यस्तै यस कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यवसायका साथै काठमाण्डौँ उपत्यका बाहिर पनि क्रमश लागु गर्दै जाने बैंकले जनाएको छ । बैंकको उक्त कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरूले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरू पनि सिकुन् भन्ने अभिप्राय केन्द्रित गरिएको समेत बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै