काठमाडौँ। नेपाल बैंकका डिसिइओ होम बहादुर खड्का नेपाल इन्स्योरेन्सको सञ्चालक बनेका छन्। नेपाल इन्स्योरेन्सको सञ्चालकमा होम बहादुर खड्का नियुक्त भएका हुन् ।
गत १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो।
नेपाल बैंकबाट प्रतिनिधित्व गर्दै आएका विश्वराज बरालको सट्टामा उक्त बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) खड्कालाई सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरिएको हो।

