काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशन बमोजिम यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बालबालिका तथा यूवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि ‘स्मार्ट मनी टल्क्स’ भन्ने मुल नाराका साथ ग्लोबल मनी विक यस संस्थाको प्रदेश कार्यालय अन्तर्गत रहेका २२ वटा शाखा कार्यालयहरुमा गरी जम्मा १४९७ जना वालबालिका, यूवा तथा सदस्यहरुलाई चेतनामुलक कार्यक्रम गरेको हो ।
यस विद्यार्थी लक्षित अभियानमाबाट बालबालिका, यूवा, सदस्य तथा समग्र समाजमा सकारात्मक सन्देश प्रवाहा भएको विश्वास समेत लिइएको छ ।

