PRABHU BANK

एनआईसी एशिया बैंकमा भाका नाघेको कर्जाको व्याजदर कायम गर्न २३ दिन बाँकी

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकमा कर्जाहरूको व्याजदर कायम गर्ने अवधि सकिन लागेको छ । बैंकमा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले भाका नाघेका कर्जाहरूको व्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवधि सकिन लागेको हो । अब व्याजदर कायम गर्ने अवधि २३ दिन मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।
बैंकले भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा व्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको व्याजदरलाई घटाई २०७७ कात्र्तिक १ गते देखि लागू हुनेगरी ८.९९ प्रतिशत व्याजदर कायम गरिने योजना सार्वजनिक गरिरहेको छ । बैंकले ग्राहकहरुमा पर्ने आर्थिक भारलाई मध्यनजर गर्दै उक्त योजना सञ्चालनमा ल्याएको हो ।
बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरिरहेका ग्राहकले यस योजनामा सहभागी हुन सक्नेछन् ।
बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवम सवलीकरणमा टेवा पुगी आम ग्राहकको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ । उक्त सहायता केन्द्रमा ग्राहकले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै