National

मेगा बैंकले १८ लाख कित्ता हकप्रद सेयर लिलामीमार्फत विक्री गर्दै, अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन पाइने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत विक्री खुल्ला गर्ने भएको छ । बैंकले १८ लाख ४० हजार ७ सय ३९.३३ कित्ता हकप्रद सेयर लिलामीमार्फत विक्री खुल्ला गर्ने भएको हो । जसमध्ये बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३ सय ९४.६३ कित्ता सेयर लिलामीमार्फत बिक्री खुल्ला गर्ने भएको हो ।
बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको हुदाँ सेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दर रेट अकिंत गरी अङ्क र अक्षरमा स्पष्टसँग लेखिएको हुनुपर्नेर्छ ।
लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक व्यक्तिहरुले असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केटस लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै